नेपालको चिया, विश्वकै नम्बर वान

Ilam-tea
लाेकपाटी न्यूज

काठमाडौं,२१ चैत। स्वीट्जरल्याण्डका चिया टेस्टिङविज्ञ ल्याकुन्टेसले नेपाली चियाको भविष्य रहेको बताएका छन्।

उनले नेपालको वातावरणसमेत राम्रो रहेको भन्दै यहाँ चियालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।इलाममा भएको एक कार्यक्रममा उनले नेपाली चियालाई प्राङ्गरिक रूपमा नै विकास गर्न सक्दा विश्वमा राम्रो बिक्री हुनसक्ने बताए। तीन वर्षदेखि ल्याकुन्टेसले नेपालको चिया फ्रान्समा बिक्री गर्दै आएका छन्।

केन्द्रीय चिया सहकारी सङ्घसँगको समन्वयमा उनले नेपाली चियाको प्रचार गर्ने र बिक्री गरेका हुन्। नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा अहिले पनि राम्रो बजार लिनसकेको छैन्। सरकारी पक्षबाट यसमा चासो नदिएको भन्दै उद्यमी र किसानले आरोपसमेत लगाउँदै आएका छन्।

तर, विदेशी चिया बिक्रेताले भने नेपाली चियाको प्रशंसा गरेका छन्। उनीहरूले नेपाली चिया प्राङ्गारिक भएको भन्दै यसलाई संसारको सबै देशमा पुर्याउन सकिने बताएका छन्। यस्तै, स्वीस नागरिक ओलिवनले संसारका धेरै देशमा नेपालमा यस्तो चिया बन्छ भन्ने थाहा नभएको बताए। उनले नेपाल पनि एक प्राकृतिक हराभरा भएको देश भएकाले चियाले यसको पहिचान दिलाएको बताए। “अरू देशमा कसले कस्तो चिया बनाए भन्नेमा तपाईंहरू चासो नलिनुहोस”, ओलिवनले भने, “आफ्नो चियाको बजारीकरणमा ध्यान दिनुहोस।” उनले नेपाली चिया विश्वकै गुणस्तरीय चिया भएको बताए। चार वर्षदेखि नेपाली चियाको प्रवद्र्धनमा लाग्दै आएकी ओलिवन नेपाली चिया स्वीट्जरल्याण्डमा समेत बेच्ने गरेकी छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्