बारमा प्रगतिशील समूह जीत नजिक, कसको मत कति ?

nepal-bar-association election
लाेकपाटी न्यूज

काठमाडौं, २१ चैत । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको मतगणनामा प्रगतिशील समूहको अग्रता देखिएको छ ।

पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले ८० मतले अग्रता लिएका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा प्रगतिशील समूह विजयतर्फ उन्मुख भएको हो । नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेसागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले स्पष्ट अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार प्रगतिशील समूहका श्रेष्ठले २४ सय ५५ मत प्राप्त गगरेका छन् भने प्रतिद्वन्द्वी सुनिलकुमार पोखरेलले २३ सय ७५ मत ल्याएका छन् । उपाध्यक्षहरुमा पनि प्रगतिशील समूहकाले अग्रता लिइरहे पनि महासचिवमा भने लोकतान्त्रिकका लीलामणि पौडेल अघि देखिएका छन् ।

पौडेलले २४ सय ५४ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी सुरेन्द्रबहादुर थापाले २३ सय १४ मत पाएका प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो । अब काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतको मत गणना गर्न बाँकी रहेको छ ।

२५ औँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो। बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक–एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्