किन बोलाए प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटार

Baluwatar
लाेकपाटी न्यूज

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुलाई बालुवाार बोलाएका छन् ।बालुवाटारमा प्रधानमन्त्री ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको संयुक्त बैठक बसिरहेको छ ।

छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी छन् ।

केन्द्र र प्रदेश सरकारबीच मतान्तर अझै अन्त्य नभएकाले यो छलफललाई महत्वका साथ हेरिएको छ । बैठकमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलको क्रममा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुलाई आवश्यक निर्देशन दिने बुझिएको छ ।

एसईई प्रश्नपत्र आउट प्रकरणमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति पनि छलफलको विषय हुने बताइएको छ । मुख्मन्त्री राउतले प्रदेश दुई सरकारको बदनाम गराउन एसईई प्रश्नपत्र आउट गरिएको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्