काठमाडौं, २० चैत । नेपाल सामान ढुवानी व्यवसायी संघले बारा र पर्साका हावाहुरी पीडितका लागि राहत सामग्री नि:शूल्क ढुवानी गर्ने बताएको छ ।संघले सूचना जारी गर्दै दुवै जिल्लाका पीडितका लागि काठमाडौंबाट जुटाएर घटनास्थलसम्म ढुवानी गर्नुपर्ने राहत सामग्री ढुवानीको शूल्क नलिने बताएको हो।
संघले राहत सङ्कलनमा संलग्न विभिन्न संघ, संस्थाहरुको समन्वयमा काठमाडौंबाट बारा र पर्साका लागि राहत सामग्री नि:शूल्क ढुवानी गर्ने बताएको हो।
नेपाल सामान ढुवानी संघ, काठमाडौं सामान ढुवानी व्यवसायी संघ र वीरगञ्ज ट्रान्सपोर्ट एसोसिएसनको सहकार्यमा राहत सामग्री नि:शूल्क ढुवानी गरिने संघले जानकारी दिएको छ।



लाेकपाटी न्यूज

