स्याङ्जा, २० चैत। स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका ७ की एक महिलाले शिशु जन्माएर घर नजिकैको बारीमा फालेपछि आफूले पनि आत्महत्या गरेकी छिन्। स्थानीय बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेकोे थियो।
जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार बेग बहादुर अधिकारीकी २२ वर्षीया छोरी स्नेहाले अवैध सम्बन्धबाट बच्चा जन्माएर गाडेको र आफूले पनि आत्महत्या गरेकी हुन्।आफ्नै गोठमा स्नेहाले सलको पासो लगाइ छट्पटाइरहेको अवस्थामा स्थानीयले देखेपछि हँसियाले सल काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।आमा,शिशु दुवैको शवलाई पोष्मार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
अविवाहित स्नेहाले शिशु जन्माएपछि पश्चात आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । शिशुको थप पहिचानको लागि डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए। उहाँले यसबारे थप अनुसन्धान भइरहेको पनि बताए। वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि स्नेहाले बच्चा जन्माएको पोष्टमार्टमा देखिएको जनाएको छ।
स्वास्थ्य केन्द्रका डाक्टर सुवास पौडेलका अनुसार पोष्टमार्टमा स्नेहाले बच्चा जन्माएको देखिन्छ तर उनको बच्चा हो वा होइन भन्ने विषयमा डीएनए परीक्षणपछि मात्रै टुङ्गो लाग्नेछ । शिशु जिवितै वा मृत जन्माएको भन्ने विषय भने खुलिसकेको छैन्।



लाेकपाटी न्यूज

