बारा, २० चैत। आँधीबेहरी प्रभावित क्षेत्रमा पुगेर वाइसियलको केन्द्रिय टिमले झुल वितरण गरेको छ । वाईसियलको केन्द्रीय टिम बुधवार झुल बोकेर बाराको हर्दीया पुगेको छ ।
सोमवार बिहानैबाट उद्दार तथा राहतमा खटिएको वाईसियल नेपाल बुधवार बाराको सबैभन्दा विकट क्षेत्र तथा अति प्रभावित क्षेत्र हर्दीया पुगेको हो। राहत सामाग्री संकलन हुँदै गरेकोले तत्कालका लागि प्रत्येक घरमा झुल उपलब्ध गराएको वाईसियल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताएका छन्। हर्दियामा पुनः वाइसियलले राहत सामग्री वितरण गर्ने समेत उनले जानकारी दिए।
यसअघि वाइसियल नेपालले बाराको पुरैनिया, भरवलिया, भलुही, खुटुवा पसौनी लगायतका स्थानमा प्रति परिवार १७ दशमलव ५ टन चामल, १ टन ३५० केजी दाल, १ हजार थान त्रिपाल, १ हजार केजी नुन लगायतका सामाग्रीहरू वितरण गरेको थियो।
वाईसियल नेपालले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट पीडितलाई घरमै पुगी सामाग्री वितरण गरेको थियो। बुधबार चैनपुर पुगेको टोलीले २०० घरधुरीका लागी त्रिपाल हस्तान्तरण गरेको छ।



लाेकपाटी न्यूज

