काठमाडौं, २० चैत । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ ।
विका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आउने नयाँ वर्षदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराइने बताए । शुरुमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अबदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिष्ट २४ घण्टामा उपलब्ध गराउने भएको छ ।
त्रिविले ‘टीयु एक्जामिनेशन इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ नामक सफ्टवेयरमार्फत निवेदन दिएको २४ घष्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको हो । ट्रान्सक्रिप्टका लागि सबै विद्यार्थीका तथ्याङ्कलाई ‘डाटा सेन्टर स्टोर’मा सार्ने काम अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार कानून र विज्ञान सङ्कायका विद्यार्थीको तथ्याङ्क सार्ने काम अन्तिम चरणमा पुगेको छ । त्रिविले विद्यार्थीको २०५४ सालदेखिको तथ्याङक सार्न थालेको हो ।
यसअघि त्रिविले हस्तलिखित ट्रान्सक्रिप्ट उपलब्ध गराउँदै आएको थियो । त्रिविले शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको एक वर्षपछि अन्य सबै सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको हो । विसं २०७५ जेठ १२ गते शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट पहिलो पटक २४ घण्टाभित्र दिन थालेको थियो । ‘‘हामीले एक वर्ष अगाडि नै शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको थियौं, तर प्राविधिक कारणले अरु सङ्कायको दिन ढिलाई भयो’’ उनले भने, ‘‘अब प्राविधिक समस्या हटाएर सबै सङ्कायको ट्रान्सक्रिप्ट दिन्छौ ।’’
त्रिविले मानविकि सङ्कायको ९बिए० यसैहप्ताबाट ट्रान्सक्रिप्ट दिन थालेको हो भने व्यवस्थापन र विज्ञान सङ्कायको ट्रान्सक्रिप्ट चाँडै नै दिने तयारी थालिएको परीक्षा नियन्त्रक जोशीले जानकारी गराए । त्रिविले सबै सङ्कायको ट्रान्सक्रिप्टका लागि एकद्धार प्रणालीमार्फत विवरण गर्ने छ ।
अहिले सङ्कायपिच्छे फरक÷फरक ठाउँबाट ट्रान्सक्रिप्ट दिने गरेको त्रिविले ‘ट्रान्सक्रिप्ट युनिट’ खडा गरेर एकद्वार प्रणालीबाट सबै सङ्कायका ट्रान्सक्रिप्ट दिइने उनले बताए ।



लाेकपाटी न्यूज

