यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

पाँचथर,२० चैत। १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा एक शिक्षक पक्राउ परेका छन्।

कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिकामा कार्यरत शिक्षक उपेन्द्र चौधरीलाई मङ्गलबार पक्राउ गरिएको हो। सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक चौधरी विज्ञान विषयका शिक्षक हुन्। चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुर्व्यवहार गरेको पीडितले बयान दिएकी छन्।

बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुर्व्यवहारको प्रयास गरेको पीडित आफन्तले प्रहरीमा उजुरी दिएपछि चौधरीलाई मङ्गलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्