संसदमा अर्धनग्न प्रदर्शन

belayet
लाेकपाटी न्यूज

काठमाडौ,२० चैत । बेलायतको संसदीय इतिहासमा सोमबार पहिलो पटक अर्धनग्न प्रदर्शन गरिएको छ। ब्रेजिक्टु सम्झौताले जलवायु परिवर्तनको मुद्दा नसमेटेको भन्दै पर्यावरण कार्यकर्ताहरुले अर्धनग्न भएर प्रदर्शन गरेका थिए।

एक्सटिङ्कशन रिबेलियन ग्रुपका ११ कार्यकर्ताले संसदको पब्लिक ग्यालरी(सार्वजनिक प्रदर्शन भवन)मा २० मिनेटसम्म अर्धनग्न भएर प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरु ग्यालरीको काँचको पर्खालमा टाँसिएर उभिएका थिए र आफ्नो पिठ्यूँ सांसदतर्फ गरेका थिए।

प्रदर्शनकारीहरुको छातीमा सबै जीवनको लागि जस्ता नारा लेखिएको थियो। प्रहरी अधिकारीले प्रदर्शनकारीहरुलाई सार्वजनिक स्थलको मर्यादा भङ्ग गरेको आरोपमा गिरफ्तार गरेका छन्। बेलायतको संसद विश्वको कैयौं लोकतन्त्रको लागि उदाहरण हो, यसैले गर्दा यसलाई मदरअफ् पार्लियामेन्टु ९संसदको जननी० पनि भनिन्छ।