संवैधानिक परिषदको निर्णय मान्दैनौं : सभापति देउवा

sher Bahadur Deuwa
लाेकपाटी न्यूज

कपिलवस्तु, २० चैत। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनतालाई देखाउने लायकको काम गर्न नसकेको आरोप लगाएका छन्।  सरकारले एक वर्षको अवधिमा कुनै पनि काम गरेर देखाउन नसकेको बताए।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा भएको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेता देउवाले सरकारले बलात्कारीलाई बचाउने काम गरेको आरोप लगाए। उनले सरकारले साइवर क्राइमको नाममा वाक– स्वतन्त्रतालाई हनन गरेर अप्रजातान्त्रिक गतिविधि गरेको दाबी गरे।

संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतालाई समेत सरकारले अंकुश लगाउन खोजेको सभापति देउवाको भनाइ छ।  उनले आफूले कारणवश संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसक्ने भनेर पत्राचार गर्दा पनि बैठक बोलाएर सरकारले एकलौटी ढंगले निर्णय गरेको आरोप लगाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्