बाल यौन दुर्व्यवहारको आरोपमा एक पक्राउ

Arrest
लाेकपाटी न्यूज

जुम्ला, २० चैत । बाल यौन दुव्र्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । चार वर्षीया एक बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा ४८ वर्षीय श्यामराज भारती पक्राउ परेका हुन् ।

जुम्ला चन्दननाथ नगरपालिका, ४ का ४८ वर्षीय श्यामराज भारतीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिए । उनका अनुसार पीडित बालिकाका आफन्तले दिएको उजुरीपछि प्रहरीले भारतीलाई पक्राउ गरेको हो । बालिकालाई चैत १८ गते बिहान साढे ९ बजे अशोक नमूना आधारभुत विद्यालयमा खेलिरहेको समयमा यौन दुव्र्यवहार गरेको उजुरीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नवीन ओलीले पीडित बालिकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गरिएको बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्