कांग्रेसको विरोध गर्नेको औंला काटिदिन्छौं : सांसद शाह

abhishekpratap-sah
लाेकपाटी न्यूज

काठमाडौं, २० चैत। नेपाली कांग्रेसका युवा नेता एवं संघीय संसदका सांसद अभिषेकप्रताप शाह कांग्रेसका कार्यकर्तामाथि औंला कसैले उठायो भने औंलै काटिदिने चेतावनी दिएका छन्।

कपिलवस्तिको विजयनगर गाँउपालिकाको गाणेशपुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदै शाहले कांग्रेसका कार्यकर्तालाई बाघको संज्ञा दिए।

‘केही दिनअगाडि कांग्रेसका कार्यकर्ताको घरमा खानतलासी भएको छ। यो विषयमा सभापति शेरबहादुर देउवाले विशेष ध्यान दिनुपर्छ। खानतलासी गर्नेलाई कार्बाहीको पहल गर्न आग्रह गर्छु,’ उनले भने, ‘हाम्रो कांग्रेसका कार्यकर्ता बाघ हुन्। बाघलाई कसैले औँला उठायो भने हामीले काटिदिन्छौ।’

उनले कांग्रेसप्रति युवाहरुको आकर्षण बढ्दै गएको बताए। ‘कांग्रेसमा प्रवेश गर्नेहरुको लहरले गर्दा पनि कम्युनिष्टहरुबाट वितृष्णा बढ्दै गएको देखिएको छ,’ उनले भने हरेक क्षेत्रबाट असफल भएका कम्युनिष्टहरुले देशको विकास गर्न सक्दैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्