काठमाडौं। बारा र पर्सामा भएको हावाहुरीबाट घाइते भएकाहरुको उपचारका लागि रगतको कमी नहोस् भन्ने हेतुले काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार सम्पन्न भएको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन्।
महानगरिय प्रहरी प्रभाग नयाँ बानेश्वर र सुर्यखबर डटकम लगायतको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा आकस्मिक रुपमा गरिएको भए पनि उल्लेख्य सहभागीता भएको रक्तदान कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताएका छन्।
आइतबार हावाहुरीका कारण तीन दर्जनभन्दा बढीको निधन भइसकेको छ भने सयौंको संख्यामा घाइते भएका थिए, घाइतेमध्ये ९ जनाभन्दा बढीलाई काठमाडौंका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ, अन्य घाइतेको तराईका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ।
आपतकालीन अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन संयोजक आचार्यले अपिल गरेअनुसार बानेश्वरका स्थानीय, नेपाल प्रहरी, होस्टल ब्यवशायी संघका प्रतिनिधि, सामुदायिक प्रहरी लगायतले रक्तदान गरेको थिए।
स्थानीय स्वास्थ्यकर्मीको टोली प्रदेश नम्बर २ को पींडास्थल पुगिसकेको छ भने रगतको अभावलाई टार्न युवाहरु संस्थागत र व्यक्तिगत तर्फबाट लागिपरेका छन्।
कार्यकमका आयोजक महानगरीय प्रहरी नयााबानेश्वर प्रमुख डीएसपी गोबिन्दराज काफ्लेले मानवीय कार्यमा सहयोग गर्न आग्रह गर्दै राजनीतिक नभई जिल्ला प्रशासन कार्यालयबाट समेत स्वीकृत भएको आधिकारिक कार्यक्रम भएको बताए।
संयोजक आचार्यले रक्रदान कार्यक्रमको समन्वयकर्ता रक्तदान कार्यक्रमको आयोजना गरेकोमा प्रशंसापत्र रेडक्रसबाट प्रमाणपत्र बुझ्दै रक्तदान जस्तो समाजसेवामा लाग्न यसबाट अझ हौसला मिलेको दाबी गरेका थिए ।



लाेकपाटी न्यूज

