सतर्क रहनुस्, यस्ताे छ आजकाे माैसम पूर्वानुमान

climate
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधवार मुलुकका विभिन्न भू–भागका केही स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षा हुने अनुमान गरेको छ। पूर्वानुमान महाशाखाले हावाहुरी र वर्षको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आह्वानसमेत गरेको छ।

आइतबार बारा र पर्सामा गएको हावाहुरीको प्रक्षेपण गर्न नसकेको महाशाखाले बुधबारको मौसम भने प्रक्षेपण गरेको छ। यद्यपि महाशाखाले त्यो दिन कति गतिको हावाहुरी चल्ने भन्ने बारेमा भने खुलाउन सकेको छैन।

प्रि-मनसुनको समयमा मेघ गर्जन र गड्याङगुडुङसहित चट्याङ र वर्षासँगै हावासमेत चल्ने भएकाले सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले मात्र हावाहुरी शब्द बुलेटिनमा समेट्न सुरु गरिएको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन्।

महाशाखाले मङ्गलवार बेलुकी तीन दिनको मौसमी अवस्था प्रक्षेपण गर्दै बुधवार दिउँसो पूर्वी भूभागका थोरै स्थान, मध्य र पश्चिमका एक–दुई स्थानमा हावाहुरीसहित वर्षा हुने उल्लेख गरेको हो। यसअघि महाशाखाले आफ्नो बुलेटिनमा हावाहुरीबारे उल्लेख गर्ने गरेको थिएन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्