काठमाडौं, १९ चैत । संखुवासभा, कपिलबस्तु, पाल्पा र कपिलवस्तुमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब २९ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
संखुवासभाको सभापोखरी गाउँपालिका–६ देवाल लाइनस्थित विकाश तामाङको २ तले घरमा रहेको प्राइम कमर्सियल बैंकमा मंगलबार बिहान बिजुलीको तार सर्ट भई आगलागी हुँदा स्टेशनरी र फर्निचर लगायत जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यसैगरी कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ पिपरी बस्ने उमाकान्त उपाध्यायको कच्ची घरमा मंगलबार बिहान आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा लगायत जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यसैगरी पाल्पाको तानसेन नगरपालिका–७ काजिपौवास्थित भगवती कपास उद्योगमा कपडा पेल्ने मेशिनको मिटर सर्ट भई आगलागी हुँदा करिब १६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
त्यस्तै धनुषाको मिथिला नगरपालिका–६ ढल्केबर डेरा गरी बस्ने भारत जयनगरका मनोज यादवको कोठामा ग्यास लिक भई आगलागी हुँदा नगद ७० हजार रुपैयाँ र अन्य सामान जलेर करिब २ लाख ५० हजार रुपायाँ बराबरको धनमाल नष्ट भएको छ।
स्थानीयबासी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



लाेकपाटी न्यूज

