काठमाडौं, १९ चैत। बारा र पर्साका आँधीबेहरी पीडितहरुलाई राहत जुट्ने क्रम सुरु भएको छ। विभिन्न सामाजिक संघ संस्था, समूह, र व्यक्तिहरुले पीडितहरुलाई भेटेर राहत दिन थालेका छन्।
काठमाडौं, पोखरा, नारायणघाट, जनकपुर, बीरगञ्ज लगाएका स्थानबाट विभिन्न संघ संस्थाका प्रतिनिधि र मानिसहरुले राहतका विभिन्न सामाग्री बोकेर पीडित बस्तीमा पुगेका छन्। स्वतःस्फूर्त सहयोगमा खटिएकाहरुले चाउचाउ, विस्कुट, चिउरा लगाएत खाद्य सामाग्री, पानी र लत्ताकपडा सहयोग गरिरहेका छन्।
उनीहरुले भत्किएका घरका सामाग्री निकाल्न र पन्छाउन पनि सहयोग गरेका छन्। ओढ्ने–ओछ्याउने लत्ताकपडा,पकाउने भाँडाकुँडा र खाद्यान्न नष्ट भएपछि पीडितहरुले कष्टपूर्णरुपमै रात गुजारेका छन्।
यस्तै राजनीतिक दलले पनि सहयोगको घोषणा गरिरहेका छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेपाली काँग्रेस र राजपाले पार्टीका तर्फबाट सहयोग रकमको घोषणा गरेका छन्।



लाेकपाटी न्यूज

