१२ किशोरीको उद्धार

pic 1
लाेकपाटी न्यूज

काठमाडौं, चैत १९। दिल्ली महिला आयोगले भारतको राजधानी सहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीको उद्धार गरेको जनाएको छ।

उद्धार गरिएका किशोरीले एकजना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन्। आयोगका सदस्य किरण नेगीको अगुवाइमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीको उद्धार गरिएको आयोगले जनाएको छ। तर, किशोरीलाई दिल्लीसम्म ल्याउने ‘एजेन्ट’ फरार भएका रहेका छन्।

उद्धार गरिएका अधिकांश किशोरीले रोजगारी दिलाउने नाममा ती एजेन्टलाई प्रतिव्यक्ति रू ५० हजार बुझाएको बताएका छन्। उद्धार गरिएका सबै किशोरीलाई नेपाल ल्याइने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्