सावधान ! फेसबुकमा नखुलाउनुहाेस् यस्ता गोप्य कुरा

facebook-status
लाेकपाटी न्यूज

काठमाडौं । विज्ञान तथा प्रविधिका क्षेत्रमा संसार अहिले निकै अगाडि बढिसकेको छ । प्रविधिले हाम्रो कामलाई निकै सहज बनाइदिएको छ । तर, प्रविधिले हामीलाई जति सहजता प्रदान गरेको छ त्यति नै यसका बेफाइदा पनि छन् ।

सोसल नेटवर्किङ साइटका माध्यमबाट हामी आफ्ना परिवारजन, इष्टमित्र, आफन्त एवं साथीभाइसँगको निरन्तर सम्पर्कमा रहन सक्छौं तर यसबारे उचित ज्ञान भएन तथा सावधानी अपनाउन सकेनौं भने यसले हामीलाई ठूलो समस्यामा पारिदिन्छ । हिजोआज साइबर क्राइमका घटनाहरु बढिरहेका छन् । इन्टरनेटमा गलत परिचय तथा ठेगाना राखेर फेक आइडी बनाई विभिन्न आपराधिक क्रियाकलाप भइरहेका देखिन्छन् । यस्ता घटना तथा अपराधबारे दिन दिनै हामी पत्रपत्रिका तथा रेडियो टेलिभिजनमा सुन्न पढ्न र हेर्न सक्छौँ ।

हाम्रो समाजमा पनि यस्ता साइट जसको प्रयोग बालबालिकादेखि लिएर बूढाबूढीसम्मले गरिरहेका हुन्छन् । जसमध्ये कतिपयले फेक अकाउन्ट खोलेर अरुका विषयमा गोप्य जानकारी तथा सूचना लिइरहेका हुन्छन् ।
सजिलोसँगै अप्ठ्यारा र जीवनमा सरलता ल्याउने इन्टरनेटकै बाटोबाट भित्रिने जटिलता पनि छन् । समाजिक सञ्जालमा सन्देशहरु प्रवाह गर्दा सामान्य होसियारी अपनाउँदा इन्टरनेटकै कारण हुन सक्ने जोखिम कम हुन्छ । फेसबुक या सामाजिक सञ्जालमा बिर्सेर पनि आफ्नो पे चेक,क्रेडिट कार्ड, अनलाइन खरिद बिल र बैंक एकाउन्टका तस्वीर पोष्ट गर्नुहुँदैन ।

यदि तपाइँले यसो गर्नुभयो भने निकै ठूलो गल्ती हुनसक्छ । तपाइँले पोष्ट गरेको तस्वीरका आधारमा कम्प्युटर ह्याकरले तपाइँको बैंक एकाउन्टमा रहेको पैसा समेत चोर्न सक्छन् । सामाजिक सञ्जाल ‘फेसबुक’ मानव जीवनको अभिन्न अंग बनिसकेको छ । यससँगै अप्ठ्यारा र जीवनमा सरलता ल्याउने इन्टरनेटकै बाटोबाट भित्रिने जटिलता पनि छन् । त्यसैले बिर्सेर पनि निजी जानकारी फेसबुक या अन्य सामाजिक सञ्जालमा पोष्ट गर्नु हुँदैन ।

फेसबुक चलाउँदा ध्यान दिनुपर्ने कुरा

फोन नम्बरः फेसबुक पेजमा कहिले पनि आफ्नो फोन नम्बर राख्नु हुँदैन । राख्नु भएको छ भने मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउन सक्छन् ।

जन्मदिनः ह्याकरले तपाईंको जन्मदिनले नै तपाइको निजी जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाइको बैंकसम्म पुग्न सक्छन् र तपाइले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोस् । आफ्नो चिनजानका साथीलाई मात्र साथी बनाउनु बुद्धिमानी हुनेछ ।

रिलेसनशीप स्टेटसः यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।

क्रेडिट कार्ड डिटेल्सः क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

आफ्नो बोसलाई नजोड्नुहोस्ः आफ्नो फेसबुकमा बोसलाई साथी नबनाउनुहोस् । यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बोसलाई नराम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।

आफ्नो लोकेसन नखुलाउनुहोस्ः फेसबुकमा तपाइ आफ्नो लोकेशन कहिले पनि नखुलाउनुहोस् । थाहा छैन, कसले तपाइमाथि नजर गाडिरहेको छ ।

छुट्टिको जानकारी नदिनुहोस्ः याद राख्नुहोस्, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो ।

परिवारको तस्बिर नराख्नुहोस्ः यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्ः तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्ः आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्