दश लाख राहत दिने बिमलेन्द्र निधिकाे घाेषणा

bimalendra
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश नम्बर २ ले बारा र पर्साका हावाहुरी पीडितलाई १० लाख दिने घोषणा गरेको छ ।

काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिँदै शिविर सञ्चालन गर्न १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘हावाहुरीका कारण घर भत्केर खाद्यान्नबाट बञ्चित भइरहेकाहरुलाई राहत तथा खाना बस्नका लागि शिविर सञ्चालनका लागि नेपाली काँग्रेस प्रदेश २ ले १० लाख रुपैयाँ दिनेछ। यस विपतको घडीमा सबै कार्यकर्ता सक्रीय रुपमा राहत तथा उद्धारमा जुट्नु होला।’

पार्टीको निर्देशनमा उपसभापति निधि आज दिउँसो हावाहुरी प्रभावित क्षेत्र गएका थिए । बारा र पर्साको सिमानामा रहेको चैनपुर गाँउपालिकाबाट गए राति शुरु भएको चक्रवात हावाहुरीले बारास्थित कलैया नगरपालिका, सुवर्ण गाँउपालिका, फेँटा गाँउपालिका महागढीमाई गाँउपालिकाको विभिन्न वडाहरुमा ठूलो वितण्डा मच्चाएको थियो ।

प्रहरी प्रमूख एसपी सानुराम भट्टराईकाअनुसार हावाहुरीबाट बारामा १२ जना पुरुष, ८ महिला, ६ बालबालिकासहित २६ जना र पर्सामा एकजना गरी हालसम्म २७ जनाको मृत्युु भइसकेको छ ।

त्यसैगरी घटनामा ४ सय भन्दा बढी घाइते भएका छन् । कलैयास्थित जिल्ला अस्पतालमा हालसम्म तीन सय ११ जनाको उपचार भएको थियो । असपतालकाअनुसार जसमध्ये १८ जनाको मृत्युु भइसकेको छ भने ७ जना गम्भीर बिरामीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्