सर्वोच्चको न्यायाधीशमा को–को भए सिफारिस ?

piccccccc
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत। न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको छ।

न्यायाधीश सिफारिस हुनेमा पूर्व महान्यायाधिवक्ता हरि फुयाँल र वरिष्ठ अधिवक्ता कुमार रेग्मी पनि छन्। केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला फुयाँल महान्यायाधिवक्ता नियुक्त भएका थिए।

वकिलहरुबाट  मनोजकुमार शर्मालाई पनि सर्वोच्चको न्यायाधीश सिफारिस गरिएको छ। त्यस्तै उच्च अदालतको न्यायाधीशहरुबाट प्रकाश ढुंगाना र सुष्मालता माथेमाको नाम पनि सिफारिस भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्