एकै अस्पतालका ९ नर्ससँगै गर्भवती !

Nurse
लाेकपाटी न्यूज

एजेन्सी । अमेरिकामा एकै अस्पतालका ९ जना नर्सहरु एकसाथ गर्भवती भएका छन्। । अमेरिकाको मेइन अस्पतालमा कार्यरत ९ नर्सहरु एकसाथ गर्भवती भएका हुन् ।

एकै अस्पतालमा कार्यरत उनीहरु एकै युनिटका हुन्। डेलिभेरी युनिटमा कार्यरत सबै सहकर्मी हुन् । आश्चर्य रुपमा उनीहरु एकैसाथ गर्भवती भएका हुन्। उनीहरुको बच्चा जन्मिने मितीसमेत लगभग उस्तै रहेको जनाइएको छ ।ओरिजन राज्यस्थित पोर्टल्यान्डमा रहेको मेइन अस्पतालले आफ्ना अस्पतालमा कार्यरत नर्सहरुले यसै वर्षको अप्रिल र जुलाईमा बच्चा जन्माउने जानकारी दिएका छन् । उनीहरु एकसाथ आमा बन्ने भएका छन् । ‘पालैपालो गर्भवती भएको कुरा सुनाउन थाल्यौ ।’ नर्स इरिन ग्रेनरले भनिन्,‘प्रत्येक पटक प्रत्येक दिनजस्तै यस्ता खबर सुन्दा हामीहरु खुशी साथै अचम्मित भएका थियौं।’

मेइन अस्पतालले ९ जना नर्सलाई सामाजिक सन्जालमा शुभकामना समेत दिएको छ । साथै सबैले सामूहिक तस्बिर समेत खिचाएका छन् । अस्पतालले आफूहरुसँग पर्याप्त नर्स भएका कारण ढुक्क भएर आमाको भूमिका निर्वाह गर्न नर्सहरुलाई शुभकामना सन्देश जारी गरेको छ । अस्पतालले भनेको छ,‘चिन्ता नलिनु, हामीसँग त्यसको उपाय छ।’ एकै युटिनका नर्स भएका कारण अस्पताललाई अप्ठ्यारो हुने अनुमान गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्