राहत वितरणमा पनि विवाद

Readcrose
लाेकपाटी न्यूज

वीरगञ्ज, १९ चैत।  बारामा आँधी पीडितहरुलाई राहत वितरण गर्न समस्या भएको छ। नेपाल रेडक्रस सोसाइटी बाराका शाखा अधिकृत उदय नेपालले आँधी पीडितहरुलाई राहत वितरणका क्रममा विवाद आएकाले समस्या सिर्जना भएको जानकारी दिएका छन्।

त्रिपाल वितरणमा विवाद देखिएकाले समस्या भएको हो। उनका अनुसार प्रभावित बस्तीमा पक्की घर भएकाहरुले पनि त्रिपालमा दाबी गरेपछि राहत वितरणमा समस्या भएको हो। ‘हामीले त्रिपाल वितरण गर्न खोजेकै हौं, आर्मी र सशस्त्र प्रहरीले पनि त्रिपाल लिएर वितरण गरेकै हुन्। ’ उनले भने ‘तर त्रिपाल वितरणमा विवाद आयो,पक्का घर भएकाहरुले पनि चाहियो भनेर दाबी गरेपछि समस्या भयो।’

स्थानीय पीडितले पनि त्रिपाल नपाएको गुनासो गरेका छन्। ‘पक्का घर भएकाहरुले तीन–तीनवटा त्रिपाल लिएर गए, हामीलाई एउटा पनि मिलेको छैन’ प्रभावितहरुले गुनासो गरे। बढी प्रभावित क्षेत्र भलुही भरवलियाको रामटोल र विन टोलका बासिन्दा रातभर खुल्ला आकाशमुनि सुतेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्