मेघ गर्जनसहित हावाहुरी आउने, सतर्क रहन आग्रह

hawahuri
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत । मंगलबार देशभर मौसम बदली भइ मेघ गर्जन सहित हावाहुरी आउने अनुमान गरिएको छ ।
मंगलबार जल तथा मौसम पूर्वानुमान महाशाखाले अपह्रान्नपछि मेघ गर्जनसहित हावाहुरी आउने बताएको हो ।

पूर्वी क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रमा हावाहुरी र मेघ गर्जनसहित असिनापानी पर्ने सम्भावना रहेको महाशाखाको जनाएको छ । महाशाखाका अनुसार अपरान्ह पश्चात देशको पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।

दिउँसो र साँझमा देशका पूर्वी क्षेत्रका अधिकांस भूभाग तथा मध्य र पश्चिमी पहाडी तथा मध्य पहाडी भु–भागका एक दुई स्थानमा मेघ गर्जनका साथ हावाहुरी र वर्षाको सम्भावना रहेको हो । पूर्वी लगायात मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहने महाशाखाको भनाई छ ।

राति भने देशको पूर्वी भू–भाग लगायात मध्य पहाडी भु–भागमा आंशिक बदली रहनेछ बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्