नेपाल बारमा प्रगतिशील समूहको अग्रता

Nepal bar election
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत । कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनमा प्रगतिशील समुहका अध्यक्षको अग्रता देखिएको छ ।

बारको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिएका हुन् । झापा, इलाम र उच्च अदालत विराटनगरको ३ सय ९ मतगणना गर्दा श्रेष्ठले १ सय ९६ मत प्राप्त गरी अग्रता लिएका छन् । बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले १ सय ९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।

साेमबार साँझ ५ बजेदेखि मतगणना शुरु भएको हो । पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान केन्द्रमा भएको निर्वाचनको मतगणना शुरु गरिएको थियो । उनले तीन ठाउँको मतगणना सकिएपछि भोलि बिहान ९ बजेदेखि १० वटा स्थानमा मतगणना गर्ने जानकारी दिए ।

पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनमा देशभर बारका १० हजार ३ सय १३ मतदातामध्ये आठ हजार ३ सय २९ मतदाताले मतदान गरेका थिए । निर्वाचन अधिकृत खड्काले चार दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्