चितवन, १८ चैत । चितवनको रत्ननगरका अगुवा महिलाहरुले टाँडी बजारको सरसफाई गरेका छन्। रत्ननगरका अगुवा महिला एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आज संयुक्त रुपमा टाँडी बजार सरसफाई आयोजना गरेका हुन् ।
रत्ननगर नगरपालिकाको अगुवाइमा जनप्रतिनिधि, महिला समूह, सहकारी संस्था तथा सरसफाइ अभियान्ताहरुको सहभागितामा रत्ननगरको बकुलहरदेखि तरकारी मण्डिसम्म सरसफाइ गरिएको हो । नवदुर्गा आमा समुहकी अध्यक्ष एञ्जिला कुँवरको पहलमा नगरपालिका, आमा समूह र सहकारी संस्थाको संयुक्त आयोजनामा सरसफाइ गरिएको हो ।
कार्यक्रममा उनीहरुले बजारमा फालेका प्लाष्टिकजन्य तथा विभिन्न प्रकारका फोहोरहरु संकलन गरी नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने ठाउँमा पठाएका थिए । नवदुर्गा आमा समूह, नारी जागरण केन्द्र, चेतनशिल आमा समूह, उज्वल महिला विकास साकोस, सर्वाङ्गिण सामाजिक उद्यमी महिला समूह, नवरत्न आमा समूह, सक्षय आमा समूह, शक्तिशाली आमा समूह, मेन्दिलामाया आमा समूहको सहभागितामा सरसफाइ गरिएको नवदुर्गा आमा समूहकी सचिव संगिता खनालले जानकारी दिइन्।
रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले उद्घाटन गरेको सो कार्यक्रममा नारी जागरण केन्द्रकी सल्लाहाकार ज्वाला पुरी वन, सरसफाइको अभियान्ता ज्ञानेन्द्रराज पाण्डे, नारी जागरण केन्द्रकी अध्यक्ष सपवा बोहोरा, उज्वल महिला विकास साकोसकी अध्यक्ष ऋतु गिरी, कार्यपालिका सदस्यहरु सरस्वती लामा, निर्मला खड्का, सञ्चारकर्मी अनिता अर्याल लगायतको सहभागिता रहेको थियो ।



लाेकपाटी न्यूज

