चेम्बरले हावाहुरी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने

IMG_6154
लाेकपाटी न्यूज

काठमाडौं, १८ चैत । नेपाल चेम्बर अफ कमर्शले हावाहुरी पीडितलाई राहतस्वरुप आवश्यक त्रिपाल, टेन्ट र खाद्यान्न उपलब्ध गराउने भएको छ।

चेम्बरको सोमबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले तराईमा परेको विपत्तिप्रति दुःख व्यक्त गर्दै तत्कालै राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको बताए। उनकाअनुसार आवश्यक राहत सामाग्री लिएर चेम्बर टोली मंगलबार नै बारा, पर्सा जानेछ।

‘हामीले जिल्लाका चेम्बरलाईसमेत राहत वितरणका लागि खट्न आग्रह गरिसकेका छौं। केन्द्रबाट समेत राहत सामाग्री लिएर प्रभावित क्षेत्रमा टोली जानेछ। यो विपतको समयमा निजी क्षेत्रबाट हामीले सक्दो सहयोग गर्नेछौं’ उनले भने । उनले प्रभावित क्षेत्रमा तत्काल बासको लागि सोच्नुपर्ने भएको बताउँदै थपे, ‘हामी तत्कालको बासका लागि आवश्यक त्रिपाल र टेन्ट जम्मा पार्न थालिसकेका छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्