काठमाडौं, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ सांसद योगेश भट्टराईले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव राखेका छन्।
उनले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेरे पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका हुन्। नेम्वाङले पनि प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर निर्णय गर्ने बताएका छन् ।
बारा–पर्सामा आइतबार आएको भीषण हावाहुरीका कारण मृत्यु हुने २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ बालबालिका, १० महिला छन् भने अन्य १२ पुरुष रहेका छन् । यस्तै ७ सय भन्दा बढी घाइते भएका छन् भने उनीहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।



लाेकपाटी न्यूज

