पन्ध्र लडाकू मारिए

Capture
लाेकपाटी न्यूज

जलालाबाद, १८ चैत। अफगानिस्तानको पूर्वी प्रान्त नानगाहरको खोगीआनी जिल्लामा आइतबार इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहको विरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा १५ आइएस लडाकू मारिएका छन्।

यस कारबाहीको क्रममा अन्य १० लाडाकू घाइते भएको प्रान्तीय प्रवक्ता अत्ताउल्लाह खोगाीआनीले सोमबार जानकारी दिए। खोगीआनी जिल्लाको जेरोताङगी क्षेत्रमा गरिएको सुरक्षा कारबाहीको क्रममा कैयौं घरहरु ध्वस्त भएको बताइएको छ।

आइएस लडाकू लक्षित यस कारबाहीको क्रममा सुरक्षा अधिकारी र सर्वसाधारणलाई भने कुनै हानि नभएको अधिकारीहरुले दाबी गरेका छन्। आइएस लडाकू लक्षित आतङ्ककारी समूहले भने यस कारबाहीका बारेमा कुनै टिप्पणी गरेका छैनन्।