काठमाडौं, १८ चैत। युक्रेनमा भएको राष्ट्रपतिको प्रारम्भिक निर्वाचनमा हाँस्य कलाकारले अग्रता लिएका छन्।प्रारम्भिक मत परिणाम अनुसार टेलिभिजन कमेडियन भोलोदिमिर जेलेन्स्कीले अग्रता लिएका हुन्।
राजनीतिको अनुभव नैं नभएका हास्य कलाकार जेलेन्स्कीले ३० प्रतिशत मत पाएको एक्जीट पोलहरुले देखाएका छन्। उनले ३० प्रतिशतभन्दा बढी मत ल्याएका छन् भने वर्तमान राष्ट्रपति पेत्रो पोरोशेन्को १७ प्रतिशत मतका साथ दोस्रो स्थानमा छन्।यी दुबै नेता युरोपियन युनियन निकट मानिन्छन्।
अब यी दुई नेताहरुबिच दोस्रो चरणको निर्वाचन हुनेछ। राष्ट्रपति निर्वाचनमा ३९ जना प्रतिस्पर्धी थिए। यी मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शिर्ष दुई स्थानमा रहेका उम्मेदवारहरुविच अर्के महिना दोस्रो चरणको निर्वाचन हुन लागेको हो।



लाेकपाटी न्यूज

