उद्धार र राहतमा कुनै कमि नहाेस्: गृहमन्त्री थापा

Ram Bahadur thapa Badal
लाेकपाटी न्यूज

काठमाडौं, १८ चैत । गृहमन्त्री रामबहादुर थापाले बारा र पर्सामा आएको भिषण हावाहुरीले पुर्‍याएका जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।

आइतबार साँझ आएको भिषण हावाहुरीले बारा र पर्सामा मृत्यु हुनेको संख्या २७ पुग्यो भने ७ सय भन्दा बढि घाइते भएका छन् । गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए ।

आज बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएकोसमेत उल्लेख गरेका छन् । उनले घटनामा परी मृत्युु भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्