काठमाडौं, १७ चैत। संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित गरिएको छ। आइतवारका लागि बोलाइएको संसदीय सुनुवाई समितिको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आग्रहमा मंगलवारसम्मका लागि स्थगित गरिएको हो।
प्रमुख निर्वाचन आयुक्तमा सिफारिश दिनेश थपलियाको सुनुवाई गर्न आइतबार बोलाइएको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागी स्थगित गरिएको छ। प्रमुख निर्वाचन आयुक्त रहेका अयोधिप्रसाद यादवले गत आइतवारबाट उमेर हदका कारण अवकास पाएका छन्।
प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषदले यसअघि पनि विपक्षीलाई बेवास्ता गर्दै प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, थारु आयोग र मधेशी आयोगका अध्यक्ष सिफारिश गरेको थियो।
यसको विरोधमा कांग्रेसका सांसदले ती पदाधिकारीको संसदीय सुनुवाईको बैठक नै बहिष्कार गरेका थिए।



लाेकपाटी न्यूज

