काठमाडौं, १७ चैत। अपहरणमा परेको भन्दै आफ्नै परिवारसँग २३ लाख फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अपहरणको नाटक गरी आफ्नै परिवारसँग २३ लाख फिरौती रकम माग गर्ने दार्चुला घर भई काठमाडौं जडीबुटी बस्ने जयभान सिंह धामीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।अज्ञात समूहले आफूलाई अपहरण गरेको र २३ लाख रुपैँया मागेको भन्दै परिवारलाई फोन गरेका थिए।
उनका परिवार प्रहरीमा आएर जाहेरी दिएपछि चावहिलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी धिरज सिंहले बताए। धामीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।काठमाडौं, १७ चैत।अपहरणमा परेको भन्दै आफ्नै परिवारसँग २३ लाख फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
अपहरणको नाटक गरी आफ्नै परिवारसँग २३ लाख फिरौती रकम माग गर्ने दार्चुला घर भई काठमाडौं जडीबुटी बस्ने जयभान सिंह धामीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।अज्ञात समूहले आफूलाई अपहरण गरेको र २३ लाख रुपैँया मागेको भन्दै परिवारलाई फोन गरेका थिए।उनका परिवार प्रहरीमा आएर जाहेरी दिएपछि चावहिलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी धिरज सिंहले बताए। धामीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

