काठमाडौं,१७ चैत। नेपाल विद्यार्थी संघले काठमाडौंको बानेश्वरमा गरेको विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ ।
पोखरा विश्वविद्यालय अन्तरगतका कलेजहरुको लापरवाहीका कारण परीक्षा दिनबाट बञ्चित ३ सय बढी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नदिन नेविसंघले थालेको आन्दोलनमा प्रहरीले धरपकड गरेको हो।
मध्य बानेश्वरको एपेक्स कलेज अगाडीबाट प्रदर्शनमा उत्रिएका नेविसंघका नेता नवराज त्रिपाठीसहित ११ जना पक्राउ परेका हुन।



लाेकपाटी न्यूज

