उत्पादनमा सहयोग गर्छाैं : मेयर बन

narayan ban
लाेकपाटी न्यूज

चितवन, १६ चैत। रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले कृषिमा आत्मनिर्भर बनाउनेतर्फ स्थानीय सरकारको ध्यान गएको बताएका छन्। रत्ननगर नगरपालिकाको वडा नं. १४ को मार्कण्डे केरा उत्पादक कृषि सहकारी सस्था लिमिटेडको पाँचौ साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्।

शनिबार भएको कार्यक्रममा उनले कृषिमा आत्मनिर्भर नहुदा अरवौ रुपैया बराबरको कृषिजन्य सामग्री विदेशबाट ल्याउनु परेकोभन्दै चिन्ता व्यक्त गरे्। फलफूल तथा तरकारीमा नेपाल आत्मनिर्भर हुन सके धेरै रुपैंया विदेश जानबाट रोकिने बताए।

स्थानीय सरकारको तर्फबाट कृषि उत्पादनलाई प्राथमिकता दिएको जानकारी गराउँदै उत्पादनमूलक खेतीमा सहयोग गर्न तयार रहेको बताए। मार्कण्डे केरा उत्पादक सहकारी सस्था लिमिटेडका अध्यक्ष ध्रुव ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रममा केरा जोनका खेमप्रसाद दवाडी, केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतो लगायतले कृषि उत्पादनलाई ध्यान दिन सरकारको योगदान आवश्यक रहेको बताएका थिए। कार्यक्रममा सहकारीका अध्यक्ष ढुंगानाले एक वर्षे कार्यक्रम प्रस्तुत गर्दै सामूहिक खेती प्रणाली, सहकारी खेतीतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए।

उनका अनुसार सहकारी मार्फत सस्थाबाट किसानलाई अनुदानमा डिप बोरिङ, पानी टुवेल वितरण गरेको छ। बिचौलियालाई अन्त्य गर्नको लागि बजार विकास कार्यक्रममार्फत फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गर्ने तयारी भएको छ।

केही समयपछि मात्रै निर्माण हुने संकलन केन्द्रबाट फलफुल तथा तरकारी संकलन गर्ने, प्याक गर्ने, स्तर छुट्याउने र बजारमा लैजाने काम गर्ने उनले जानकारी दिए। यसले गर्दा बिचौलियाको अन्त्य भई किसानले सही बजार मुल्य पाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्