मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। आत्मिक सन्तुष्टि मिल्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। मनोरञ्जनमा सहभागीता भइएला। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ। मेहनतीहरूका लागि दिन फलदायी नै रहने छ। गरेको काममा ढिलासुस्ती हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्।कार्य सम्पादनमा सहजता मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ। मनमा हर्ष छाउनेछ। आफनो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। नयाँ अलंकारको प्राप्ति हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। लाभदायक यात्रा रहला। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बिवाद एवं चिन्ता बढ्नेछ। मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला। मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अतिथिका रूपमा सम्मान पाइनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारिक सद्भाव बढ्नेछ। नयाँ व्यक्ति संग भेटघाट हुने समय छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। मिहिनेत गर्दा प्रगति हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। सांगितीक क्षेत्रमा रुची बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) हल्लाको भर पर्दा दुख पाइनेछ र गरेका काममा ढिलासुस्ती होला। मनमा दुविधा उत्पन्न हुनेछ। दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। श्रमको उचित मुल्याङन हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।



लाेकपाटी न्यूज

