पोखरामा अक्षर यात्राको १६४ औं श्रृङ्खला

Aksrhar yatra
लाेकपाटी न्यूज

पोखरा। “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” मूल मन्त्र बनाई नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको १६४ औं श्रृङ्खला शनिबार हलो क्रान्तिका अभियन्ता समाजसेवी पण्डित स्व. मुक्तिराम तिमिल्सिनाको बाटुलेचौरस्थित निवासमा सम्पन्न भएको छ।

बि.सं. १९७१ आषाढमा जन्मेका पण्डितले २००१ सालमा हलो जोतेर परम्परा तोडेका थिए। २००४ सालमा विन्ध्यवासिनी मा।.वि., के.आई.सिंह पुल, महेन्द्रगुफा, एयरपोर्ट, पृथ्वीनारायण क्याम्पस लगायत स्थापनामा अग्रणी उनी राजनीतिक, शैक्षिक र सामाजिक जागरणका समेत अभियन्ता थिए। उनले ‘को अछूत ?, मातृत्व र धर्मपुत्र, गफ, हिन्दु संस्कृति र आधुनिकता तगायत कृतिको सिर्जना गर्नुको साथै संस्कृत ग्रन्थको नेपालीमा अनुवाद पनि गरेका थिए। तिमिल्सिनाको निधन २०४६ चैत्र १९ गते भएको थियो।

कार्यक्रममा प्रकट पंगेनी, दीलिप दोषी, सञ्जीव पौडेल, प्रकाश ज्ञवाली, प्राञ्जल, ईशा शाह, गीता तिवारी, विष्णु वास्तोला, के.आर. ढकाल, लक्ष्मी देवकोटा, सन्दीप अधिकारी, गणेश शर्मा, ज्वलन्त प्रेमी, सूरज उपाध्याय, र हरीबहादुर थापाले तत्स्थानमा रचित सिर्जना वाचन गरेका थिए।

नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा र स्थानीय व्यवस्थापक मुक्तिराम तिमिल्सिना प्रतिष्ठानका अध्यक्ष मोहन थापाको संयुक्त अध्यक्षतामा सम्पन्न सम्पन्न उक्त कार्यक्रमको सञ्चालन मुक्तक मन्चका सचिव वसन्त विनोदले गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्