चितवन, १६ चैत। चितवनमा रहेका अटो सम्वन्धि काम गर्ने व्यवसायिक पसलहरु बैशाखदेखि शनिबार बन्द हुने भएका छन्। शनिबार चितवन अटो मोवाइल्स एशोसिएसनको सभाहलमा भएकोे पत्रकार भेटघाट कार्यक्रममा सो कुरा जानकारी गराईएको हो। कार्यक्रममा बोल्दै चितवन अटो मोवाइल्स एशोसिएसनका अध्यक्ष कृष्ण प्रसाद काफ्लेले जिल्लामा रहेका चार ओटा अटो संस्थाहरुका आवद्ध व्यवसायीसँग छलफल गरि शनिबार साप्ताहिक बिदा गर्ने निणर्य गरिएको बताए।
जिल्लामा चितवन अटोमोवाल्इस डिलर एशोसियन, चितवन अटो मोवाइल्स एशोसिएसन, चितवन अटोमेकानिकल व्यवसायी संघ र नेपाल अटोमेकानिक्स टे«ड युनियन रहेको छ। चितवन अटोमोवाल्इस डिलर एशोसियनले भने अहिले पनि शनिबार बिदा गर्दै आईरहेको चितवन अटोमोवाल्इस डिलर एशोसियन पुर्व अध्यक्ष एवम् नेपाल अटोमोवाल्इस डिलर एशोसियनका बरिष्ठ उपाध्यक्ष गोपाल भट्टराईले जानकारि दिए।
कार्यक्रममा बोल्दै चितवन अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष राम बहादुर लोहनीले सोमबार बिदा पार्दा व्यवसायी, घर परिवार, विद्यार्थी र कर्मचारीहरु बिचको बसाई तथा भेटघाटमा प्रत्यक्ष असर पारेको बताए। जिल्लामा रहेका चार ओटा अटो संस्थाहरुमा आवद्ध व्यवसायीहरुले गएको चैत ९ गते नयाँ वर्ष २०७६ बाट सप्ताहिक बिदा शनिबार गर्न निणर्य गरेको थियो।



लाेकपाटी न्यूज
