वीरगञ्ज, १६ चैत। जिल्ला प्रहरी कार्यालयले शनिबार वीरगञ्जको नयाँ बसपार्कबाट भारी परिमाणमा रहेको प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पूर्व सूचनाको आधारमा प्रहरीले २४ किलो चरशेसहित भारतको कोलकत्ता शिविपुर निवासी वर्ष ३० का सहनवाद अब्दुललाई पक्राउ गरेको हो।
नियमित जाँचका क्रममा वीरगञ्जबाट भारत तर्फ जाँर्दै गरेका अब्दुललाई रोकी जाँच गर्दा चरेश बरामद भएपछि आवश्यक अनुसन्धनाका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।



लाेकपाटी न्यूज

