प्रधानमन्त्री जाने भएपछि रातारात सडक कालाेपत्रे

Road
लाेकपाटी न्यूज

पथरी, १६ चैत । मोरङको उर्लावारी स्थित मंगलवारेमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि रातारात बाटो कालो पत्रे गरिएको छ ।

मंगलबारेमा केन्द्रिय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको २५ औ रजतजयन्तिको उद्घाटन गर्न आईतबार प्रधानमन्त्री आउने कार्यक्रम तय भएपछि राता रात बाटो कालो पत्रे गरिएको हो । केही समय अगाडि सम्माननिय राष्ट्रपति आउँदा पनि कालो पत्रे नभएको सो सडक प्रतिष्ठानको नियमित कार्य भएको भन्दै प्राइमर लागाएको २४ घण्टा नबित्दै कालो पत्रे गर्न थालिएको छ ।

विकाश र समृद्धिको नारा बोकेको ओली सरकारले यसरी राता रात बाटो कालोपत्रे गर्दा विकाश र समृद्धिले जनताको आँखामा छारो हाल्ने काम भएकोे स्थानिय बताउँछन् । महेन्द्र राजमार्गदेखि दक्षिण शनिश्चरे बजार सम्मको लगभग ३०० मिटर लामो सो सडकमा उर्लावारी नगरपालिकाको ११ लाख ,प्रतिष्ठानको १८ लाख ३८ हजार गरि कुल २९ लाख ३८ हजारमा उपभोक्त समिति मार्फत सो बाटो निर्माण गरिएको प्रतिष्ठनका कार्यकारी निर्देशक विनोद अर्याल बताउँछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्