ब्रेकअपपछि आदित्यलाई स्वेताको प्रेमपत्र

Milan kharal
लाेकपाटी न्यूज

डियर आदित्य,

तिमीसँग छुटिएको पनि ५ बर्ष पुरा भएछ । आज महशुस गर्दै छु तिमीसँग बिताएका पलहरु । आदित्य, हो आदित्य तिमीसँग छुटिएको पनि ५ वर्ष पुरा भएछ आज । तिमीसँग घुमेका पलहरु आज सम्झदा पनि अनौठो लाग्छ ।

खै कसरी वर्णन गरौँ हामीले बिताएका पलहरु । तिमीसँग सँगै रेष्टुरेण्ट गएको, मःम खाएको, क्याफे गएर कफी पिएको कसरी बिर्सिउँ । कसरी ? यादहरु स्मरणमा ताजै छन । के गर्ने यादहरु धोएर पनि त जाँदैनन ? न त जान्छन पखालिएर नै । आदित्य र मेरो सम्बन्ध यहाँसम्म आइपुग्नुमा यो समयले ठूलो योगदान दिएको छ । क्याम्पसको पहिलो दिनमा नै मन पराएको थिएँ मैले आदित्यलाई । सेकेण्ड लास्ट बेञ्चमा बस्ने आदित्य अलि गोरे गोरे, हेन्सि परेको थियो । खासै नबोल्ने अलि अलि लजालु स्वभावको थियो आदित्य ।

मैले बुझेर हो या नबुझेर हो मनमा सजाइसकेको थिएँ उसलाई । अरु साथिहरु क्यान्टिन गएपनि उ एक्लै कक्षामा बसिरहन्थ्यो । लाग्यो उसको कोही साथिहरु छैनन् । हप्तादिन पछि क्याम्पस आउँदा पनि उसको क्रियाकलापमा केहि परिवर्तन आएन । सोचे बोलाएर क्यान्टिन लिएर जाउँ । तर साथिहरुले के भन्लान भन्ने भूतले सतायो । हिम्मत गरेँ आज त भन्छु भनेर । तर उसको बेन्च नजिकै गएर फर्किए । भोली पल्ट पनि त्यस्तै भयो । तर निरन्तरको प्रयास बिफल हुन दिने प्रयासमा थिइन म ।

मैले भने, हेल्लो आदित्य इट्स मि स्वेता । मैले आफ्नो परिचय यसरी दिए, उ मुस्कुरायो । किन एक्लै बसेको?जाउँ हिँड क्यान्टिनतिर उसले नाई भन्न सकेन । हामी दुवैजना क्यान्टिन गयौँ । क्यान्टिनमा बसेका साथिहरु हामीलाई देखेर हास्न थाले । उ आए हाम्रा कक्षाका नयाँ जोडि, म लजाएँ ।

आदित्य र म छुट्टै टेवलमा बस्यौं । के मगाउँ ? मैले सोधेँ । मगाउन के मन लाग्छ । आइ एम् रेडि टु इट योर च्वाइस, उसले भन्यो । चिया पिउने ? मैले सोधेँ, उसले भन्यो, इट्स ओके । मैले चिया मगाए । चिया खाँदै गर्दा मैले समोसा तरकारी मगाएँ, दुवैजनाले खायौँ । आदित्य खासै बोलेन । मलाई उ नबोलेकोमा अनौठो लागीरहेको थियो । यसरी नै हामीले धेरै पिरियडहरु बितायौँ । मैले उसलाई बोल्न प्रेरित गरिरहन्थेँ ।

बल्ल बल्ल बोल्न थालेको थियो आदित्य । हामी नोट र डायरी साटेर पढ्ने गथ्र्यौँ । एकदिन उसले मसँग घुम्न जाने प्रस्ताव राख्यो । मैले ढिला नगरी इट्स ओके भनिदिएँ । घर गएर मामुलाई भनेःमामु यो शनिबार हामी साथीहरु घुम्न जाँदै छौँ । कहाँ जाने हो छोरी ?गोदावारी, मैले भनिदिएँ । बिहानै ४ बजे निद्राले छोड्यो । कतिबेला आदित्यलाई भेटौँला र हग गरौँला झैँ भइरहेको थियो । तर मनका कुरा मनमै रहे भनेझैँ भइरहेको थियो । म एकपल पनि ढिला गर्ने पक्षमा थिइन । आदित्यलाई फोन गरेँ, कहाँ हो तिमी ?उसले भन्यो,कोटेश्वर चोकमा । तिमी ? म अब हिड्ने हो घरबाट, मैले भने । सुन्ने बित्तिकै मलाई हतार भइहाल्यो ।

मामु म हिडेँ है । माइक्रो चढेर कोटेश्वर पुगेँ । आदित्यलाई कल गरेँ । आदित्य कहाँ छौँ ? म कोटेश्वर क्याफेमा । अनि तिमी ? उसले सोध्यो । ल त्यहि वेट गर, म आउँदैछु । म सरासर कोटेश्वर क्याफेमा पुँगे । कालो जिन्स, कालो कोट र सुन्तला रङ्गको जुत्तामा सजिएको थियो आदित्य । निलो जिन्स, खैरो सर्ट र कालो हिल लगाएर गएकी थिएँ मैले । कालो हिल लगाउँदा अलिकति अग्ली देखिएकी थिएँ म आदित्य भन्दा ।

झ्यालछेउको एउटा टेबलमा बस्यौँ । उसले मेरो आँखामा हेर्यो र मैले पनि उसलाई हेरिदिएँ । तर उसले धेरैबेर हेर्न सकेन । कति राम्रा छन् है तिम्रा आँखा । हेरिरहुँ झैँ लाग्यो मलाई ।म बडो आश्चर्यमा परेँ । कहिल्यै यसरी नबोल्ने आदित्यलाई आज के भइरहेको छ ? मनमनै सोचिरहेको थिएँ । म पनि खुलेर कुराकानी गर्न थालेँ उसँग । उसोभए हेरिराखन त मेरो आँखामा । भनिदिएँ । उसले हेरिरह्यो, म मौन भएँ । तपाईँहरुको अर्डर केहि छ की ?आदित्य झसङ्ग भयो ।

अँ ऊ अकमकायो । कफी ल्याउनुहोस न त दुई ठाउँमा । तिमीले लगाएको निलो जिन्स र खैरो सर्ट खुव म्याच गरिरहेछ , अनि नेल पोलिस पनि राम्रो छ । उसले खुव प्रशंसा गर्यो । त्यति गर्दै कफी आइपुग्यो । कफी खाँदै गर्दा आदित्यले मेरो फिगरको बारेमा पनि वर्णन गर्यो, म मक्ख परेँ । आदित्यले लगाएको कपडाको बारेमा पनि मैले मजाले व्याख्या गरिदिएँ । त्यसपछि हामी सातदोबाटो जाने टेम्पु चढ्यौँ । सातदोबाटोमा झरेर गोदावारी जाने माइक्रो चढेर हामी गोदावारी पार्क पुग्यौँ । बिहानको ११ बजिसकेको थियो । वरपर चारैतिर हरियाली । मन्दिरहरु । रोमान्टिक लाग्यो मलाई त्यहाँको वातावरण ।

भर्खरै जन्मेका भँगेराका बचेराहरुले चिच्याए जसरी चिच्याउन मन लाग्यो मलाई पनि । खुशी र स्वतन्त्रताको यति ठूलो महसुश मैले कहिल्यै पनि गरेको थिइन । घुम्दै गयौँ, पार्कभित्र जाँदै गर्दा कयौँ जोडिहरु ढाड फर्काएर बसिरहेको देखेका थियौँ । मलाई पनि त्यसरी नै बस्न मन लाग्यो । आदित्य हामी पनि कतै बसौँन । हुन्छ कता बसौँ, उसले सोध्यो । उ त्यतातिर बसौँ न मैले भनेँ ।

हामी बस्यौँ त्यहिँनिर जहाँ दुइवटा रुख थियो, दुवो उम्रिएका थिए । मानौँ हामी यि रुखहरुलाई साँची राखी राख्या छौँ । मैले बस्ने बित्तिकै हग गरिहाँले आदित्यलाई । के गरेको स्वेता ? आदित्यले सोध्यो । देखेनौँ के गरेको ?मैले जे गरेको छु त्यहि गर न खुरु खुरु । अली चर्किएजस्तो गरेको त आदित्यले मलाई हग गरिहाल्यो । म भित्रभित्रै खुशी भएँ आदित्यले मलाई हग गरेकोमा । हग गरेर के हुन्छ र स्वेता ? निर्दोष आवाजमा सोध्यो आदित्यले । मैले भनेँ,आनन्द आउँछ बुद्धु आनन्द आउँछ, तिमीलाई आनन्द आएन ? उ नाजवाफ भयो ।

यस्तै यस्तै कुराकानी गर्दागर्दै ४ बजिसकेछ । हामी गोदावारीबाट निस्किएर सातदोबाटो आइपुग्यौँ । सातदोबाटो टाउन प्लानिङ गएर खाजा खायौँ र टेम्पो चढेर कोटेश्वर पुग्यौँ । त्यहाँ पुगेपछि आदित्यले भोली कलेजमा भेट्ने भन्दै बागबजारतिर लाग्यो । म पनि गाडि चढेर घरतिर लागेँ । राती सपनामा आदित्यसँग घुम्न गएको, त्यहाँ पानी परिरहेको, दुवैजना रुजेको र रमाईलो गरेको देखेँ । भोलीपल्ट गएर मैले आदित्यलाई सपनामा देखेको दृश्यबारे बताए । लाज मानेर अनुहार रातो बनायो आदित्यले । यसरी नै हाम्रा कयौँ पिरियड र साताहरु गुज्रिए ।

एकदिनको कुरा हो आदित्यले मलाई क्लास बङ्क गर्न अनुरोध ग¥यो र मैले सजिलै स्विकार गरेँ । कलेजको बाहिर रहेको धौलागीरी कफी शपमा कफी खाँदै गर्दा आदित्यले अकास्मात कुरा ग¥यो, ‘स्वेता आइ लभ यु’ म वाक्यहिन भएँ । उसले फेरी दोहोर्यायो । स्वेता आइ लभ यु । आइ लभ यु स्वेता । आइ रियल्ली लभ यु स्वेता । हेर आदित्य वास्तवमा मैले कलेजको फस्र्ट डे बाट नै तिमीलाई मनपराउँथे । मैले पनि तिमीलाई भन्न मात्र नसकेकी हुँ । ‘आइ अल्सो लभ यु आदित्य’ मैले भनेँ ।

यसपछिका दिनहरु हाँसखेल र घुमघाम गर्दै बिताइयो । कहिले चिडियाखाना त कहिले दरबारमार्ग, कहिले भक्तपुर त कहिले पाटन । यसरी नै अन्त्य भयो हाम्रो कलेज लाइफ । अन्तिम परिक्षाको रिजल्ट पनि आयो । हामी दुवैजनाको सेकेण्ड डिभिजन । मेरो ५६ प्रतिशत र आदित्यको ५९.५४ प्रतिशत । मन दुखायो जस्तो लाग्यो आदित्यले । जावो ०.४६ प्रतिशतको कमीले प्रथम श्रेणीमा आउन सकेन । तर, जिवन सधैँ सिधा रेखामा मात्र कहाँ चल्दो रहेछ र जिन्दगीमा जब बक्र रेखाहरु आउदा रैछन् तव सुरु हुँदो रहेछ सङ्घर्ष । हो मेरो जिवनमा पनि यस्तै भयो ।

व्याचलर जोइनगर्ने बेला भइसकेको थियो । आदित्यले अब आफू क्यानडा जाने कुरा बतायो । ठिक छ जाउ न त । तर मलाई फोन गर ल । म्यासेज पठाउ ल । तिम्रो राम्रो होस यहि हो मेरो चहाना हो । मैले बिदाईको हात हल्लाएको थिएँ ।
आदित्यले फोन ग¥यो । स्वेता म क्यानेडा पुगेँ । फोन र म्यासेज आदनप्रदान भइरहेको थियो । यता घरमा पनि छोरी ठूली भइसकी अब बिहे गरिदिनुपर्छ भन्न लाग्नुभएको थियो ।

मैले मामुलाई भनिदिएँ,मामु मैले मनपराएको केटा क्यानडामा पढिरहेको छ । अब व्याचलर क्लियर नगरी म बिहे सिहे केहि गर्दिन बुझ्नुभो । आमाले पनि टाउको हल्लाउनुभयो । ठिकै छ नि त हाम्रो जे भनेपनि तैँ होस क्यारे बिचार गर ।
मिस यु, लभ यु जस्ता म्यासेज हाम्रा बिचमा आदनप्रदान भइरहेको थियो । आदित्यले एकदिन फोन ग¥यो । हेलो स्वयता हाउ एबाउट यु ? हाउ एबाउट दे अ? आई एम् फाइन एण्ड एभ्री थिङ इज बेटर हेअ ।

ओए आदित्य कस्तो खतरा अंग्रजी बोलेको यार मेरो उत्तर मिल्यो ?मैले जिस्किदै सोँधे, हा हा हा‘।। आदित्य हाँस्यो । सुन न । मैले तिमीलाई एउटा सिरियस कुरा गर्न फोन गरेको । भन न आदित्य । के हो ? कसरी भनौँ ?मसँग कुनै शब्द नै छैन । के भयो भन भनेको ? मलाई भन्नै अप्ठ्यारो भइरहेको छ स्वयता कसरी भनौँ । मैले धेरै जिद्धि गरेपछि उसले भन्यो, स्वयेता आइ म हे अ अन रिलेसन विद समबडि । म केहि बोल्नै सकिन । फोनमा आदित्यले स्वयता स्वयता भनेको सम्झन्छु । त्यसपछि के भयो मलाई थाहा भएन । होस आउँदा म मनमोहन अस्पतालको एमरजेन्सिको ५ नम्बर बेडमा रहेछु ।

सारा संसार चकमन्न भयो मेरो लागी । आफ्नै जिन्दगीदेखि घृणा लागेर आयो आफैँलाई । बाँच्न पनि मन लागेन । प्रेमको नशा यस्तो पनि हुँदो रहेछ आज बल्ल थाहा पाएँ जिन्दगीमा।।। माया भुल्ने पाए त दवाइ, आँखा चिम्लि खाइदिन्थे नचपाई भन्ने पशुपति शर्माको गीत कतै मेरो जिन्दगीसँग मिलेको हो की जस्तो लाग्छ अचेल । मायाको पुनस्र्थापना केन्द्र कतै पनि हुँदो रैनछ । यस्तो लाग्छ जिन्दगी यो फुलैफुलको थुङ्गो हुँदैन । मलाई धोका दिएपनि उनलाई चाहि कहिल्यै धोका नदिनु । धेरै माया गर्नु र प्रेमको नयाँ संसार निर्माण गर्नु आदित्य । यहि मेरो शुभकामना छ तिमीलाई ।

✍️ एम.के ज्वाला
पुतलीसडक, काठमाडाैं ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्