काठमाडौं। जुल्ला जिल्लाको सिंजा उपत्यकामा चैत्र २१ गते निशूल्क स्वास्थ्य शिविर हुने भएको छ। शिविरमा स्त्रीरोग र जनरल मेडिसिनका बिरामीहरुको चेकजाँच गरिनेछ।
शिविरमा १५ सय जनाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखिएको छ। शिविरमा बिरामीहरुलाई निशूल्क औषधिसमेत बितरण गरिने आयोजक थाहा पाउण्डेशनकी अध्यक्ष सरु अधिकारी दाहालले जानकारी दिइन्।
स्थानीय सरकारको समन्वयमा हुन लागेको शिविरको कर्णाली प्रदेशका गृहमन्त्री नरेश भण्डारीले उद्घाटन गर्नेछन्। विकट हिमाली जिल्ला सिंजामा विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गर्ने दाहालले जानकारी दिइन्।



लाेकपाटी न्यूज

