वीरगञ्ज, १६ चैत। डाक्टरको कुटाईबाट घाईते भएकी श्रीमती सुनिता यादवको मृत्यु भएको छ। गत शुक्रबार वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका डा.सचितानन्द यादवले कुटपिट गरेका थिए।
घाईते सुनिताको उपचारको क्रममा मृत्यु भएको हो। १५ बर्ष अगाडी यादवले सुनितासँग मागी बिवाह गरेका थिए। सुनिताबाट सन्तान नभएपछि डा यादवले भारतबाट दोस्रो बिवाह गरेका थिए।
सन्तान नभएको भन्दै सुनितालाई यादवले शारिरिक र मानसिक यातना दिँदै आएको माईतीको आरोप छ। कुटपिटबाट मानसिकरुपमा पनि बिक्षिप्त बनेकी सुनिताको वीरगञ्जमा उपचार गरी थप उपचारका लागि काठमाडौँ रिफर गरिएको थियो।
सुनितालाई मरणाशन्य हुने गरी कुटपिट गरेलगत्तै प्रहरीले यादवलाई प्रक्राउ गरेको थियो। डा.सचितानन्द यादवको पनि स्वास्थ्यमा समस्या आएपछि नारायणी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

