पर्वत, १५चैत। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका एकजना जिल्लास्तरीय नेता पर्वतमा पक्राउ परेका छन।पर्वतको फलेवास नगरपालिका वडा नम्बर–७,लिमिठानाका धर्म पौडेल शुक्रबार पक्राउ परेका हुन।
सो समूहका पर्वत जिल्ला सदस्य रहेका पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनकै निवासबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।
पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। सरकारले चन्द नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको छ।



लाेकपाटी न्यूज

