काठमाडौं, १५ चैत । बाँकेको नेपालगञ्जमा घरेलु हतियार बनाउने कारखाना भेटिएको छ । हतियार निर्माण हुने सूचना पाएको प्रहरीले छापा मार्दा घरेलु हतियार बनाउने कारखाना नै पत्ता लागेको हो ।
प्रदेश ५ प्रहरीको विशेष व्युरोले हतियारको कारखाना लगाउने जंघवीर नेपालीलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीलाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको नेपालगन्ज प्रहरीले जनाएको छ । नेपालीले हतियार बनाउन प्रयोग गर्ने उपकरण तथा निर्माण भएका हतियार पनि बरामद गरेको नेपालगञ्ज प्रहरीले जानकारी दिएको छ ।
नेपालीले तयार पारेका हतियार के प्रयोजनमा चलाइने गरेको थियो र यसअघि कति निर्माण भएका थिए भन्ने विषयमा केहि तथ्य बाहिर आएको छैन । यस सम्बन्धी प्रहरीले अनुसन्धान थालेको छ ।



लाेकपाटी न्यूज

