हतियार मर्मत गर्ने ‘अवैध’ सामान बरामद

hatiyar_oMb
लाेकपाटी न्यूज

बाँके,१५ चैत।  प्रहरीले नेपालगञ्जको डिएसपीरोडमा रहेको हतियार मर्मत गर्ने एउटा पसलमा छापा मारेर हतियार बनाउन प्रयोग हुने सामानहरु बरामद गरेको छ। नेपाल प्रहरीको प्रदेश नम्बर ५ अनुसन्धान समूह र वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले शुक्रबार नेपालगञ्ज ५ डिएसपीरोडका ६० वर्षीय जङ्गवीर नेपालीले सञ्चालन गरिरहेको हतियार मर्मत गर्ने पसलमा छापा मारेको हो।

हतियार मर्मतको अनुमति लिएको भए पनि नेपालीको हतियार मर्मत गर्ने तरिका र भण्डारण वैध नदेखिएका कारण हतियार निर्माणका सामानसहित उनलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डांगीले जानकारी दिए।

प्रहरीले जंगबहादुरको साथबाट हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा एक थानसहित, हतियारमा नम्बर राख्न प्रयोग हुने साँचो २६ थान, सानो एयर गन पेस्तोल १ थान, लामो स्प्रिंग ३ थान, हतियार बनाउन प्रयोग हुने बाकस, आरन लगायतका सामाग्री बरामद गरेको छ। यसैगरी हतियारमा प्रयोग हुने साँचो समेत बरामद भएको छ। जंगवीरले पुस्तौदेखि नै हतियार मर्मतको कार्य गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्