अर्घाखाँची,१५ चैत। अर्घाखाँचीको मालारानी गाँउपालिका वडा नम्बर–२, का वडाध्यक्ष विष्णुप्रसाद भुसाल ९विनोद० हराएको एक सय दिन पछि सम्पर्कमा आएका छन्।
शुक्रबार बिहान बुटवलबाट फोन गरेर आफू सकुशल रहेको जनाएको मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए।
उनि कहाँ र किन गएको भन्ने बारेमा जानकारी नगराएको तर आफू कुशल रहेको जनाएको अध्यक्ष आचार्यले बताए। उनि भारतमा गएर बसेको हुन सक्ने आंकलन गरिएको छ । तर किन र के को लागि वा कुन समस्याले भन्ने थाहा हुन सकेको छैन्।
पुस २ गते मालारानी २ डाडाकटेरीमा रहेको घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क गएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका थिए। प्रहरीले खोजी कार्य जारी राखेको थियो ।
वडा अध्यक्षको मोबाइलको कल डिटेल निकाल्ने, सन्धिखर्कको शासन्त बगैचामा रहेको सीसी कयामेरामा पुस २ गते कैद भएको भिडियो हेर्ने लगायतका सबै कार्य प्रहरीले गरेको थियो । तर उहाँ कहा गएको भनेर पत्ता लाग्न सकेको थिएन । उनि तत्कालीन नेकपा एमालेबाट स्थानीय तहको चुनावमा मालारानी–२, बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।



लाेकपाटी न्यूज

