चितवन, १५ चैत। दोस्रो मेडिकल लिटरेचर मेला चितवनको सौराहामा सुरु भएको छ। उद्घाटन सत्रमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सांगीतिक प्रस्तुति दिए।
मेला अवधिभर १० वटा बहसका कार्यक्रम हुनेछन भने कविता वाचनको सत्र समेत रहने छन।पहिलो दिनको पहिलो सत्रमा कलाकार श्रेष्ठ र बनिता खनाललाई डा रवीन्द्र समीरले स्वस्थ हुनुको मूल्यका बारेमा प्रश्न गर्नेछन्।
पहिलो दिनको दोस्रो सत्रमा ३ वटा एजेन्डामा ३ डाक्टरहरुले आफ्नो विचार राख्नेछन्। डा रामेश कोइरालाले ‘स्वास्थ्य र शिक्षा कसको?’ विषयमा आफ्नो धारणा राख्दा प्रा. डा. सरोज धितालले ‘चिकित्सा बाहिरको शिक्षा’ विषयमा बोल्नेछन्। यस सत्रको अन्तिम वक्ताको रुपमा डा जीवन क्षेत्रीले ‘डाक्टर हुनुको अर्थ’ केलाउने छन्।
पहिलो दिनको सत्रमा प्रा. हरि शर्माले ‘सत्याग्रह’का विषयमा बोल्नेछन्। विश्वभर कुनै पनि विषयमा आफ्नो फरक मत राख्ने एक सालिन र शान्तिपूर्ण शैलीका रुपमा विकसित ‘सत्याग्रह’को आम रुप तथा नेपाल कनेक्सनको पहेलु प्रष्ट पार्न उनले कोसिस गर्नेछन्। विशेषतः डा गोविन्द केसीले चिकित्सा शिक्षामा देखिएका बेथितिका विरुद्धमा गत ८ वर्ष अघिदेखि आवाज उठाउन यही शैलीलाई पछ्याएपछि नेपालमा पनि यसको विशेष प्रभाव रहँदै आएको छ।
पहिलो दिनको अन्तिम बहस सत्रमा रुपमा मञ्चमा देखिनेछन ३ आख्यानकार नयनराज पाण्डे, अमर न्यौपाने र सुविन भट्टराई। ‘आख्यानमा पात्रको छनोट’ विषयमा भट्टराईले पाण्डे र न्यौपानेलाई प्रश्न गर्नेछन्।
पहिलो दिनको अन्तिम सेसन कविताको रहनेछ। काव्यशाला नामक यस सत्रमा १६ जना कविहरुले कविता वाचन गर्ने छन्। ‘काव्यशाला’ नामक २ घन्टाको सेसन समेत रहने छ। जसमा १६ जना कविहरुले कविता वाचन गर्ने छन्।
दोस्रो दिन ६ वटा बहस कार्यक्रम रहने छन। पहिलो दिनको पहिलो सत्रमा प्रा.डा. सुधा शर्मा र विष्णु विष्टले आफ्नो विगतको जीवनलाई फर्केर हेर्नेछन। डा सुमन आचार्यले सहजीकरण गर्ने यस सत्रको नाम ‘संघर्षका सिँढीहरु’ नाम दिइएको छ।
डा.सुभाष लामिछानेले सहजीकरण गर्ने अर्को सत्रमा डा. सुमन कर्माचार्य र डा. समीर लामाले ‘दुर्गमका डाक्टर’ हरुको सेवा, सुविधा तथा समस्याका बारेमा अथ्र्याउने छन।
नेपालका दुर्गम र पहाडी भू–भागमा स्वास्थ्य सेवाको पहुँच यसअघि पनि बहसमा आउने गरेको विषय हो। दुर्गम क्षेत्रमा काम गरिसकेका र नीतिगत क्षेत्रमा पनि योगदान दिएका कर्माचार्य र लामाले यस सत्रमा आफ्ना अनुभव राज्यको हेराईलाई समेत केलाउने छन।



लाेकपाटी न्यूज

