कम्युनिष्ट विचारधाराको अन्त्य भइसक्यो : बिमलेन्द्र निधि

Bimalendra Nidhi
लाेकपाटी न्यूज

चितवन,१५ चैत।   प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आँफुलाई दया लाग्ने गरेको बताएका छन्।ओलीका पछिल्ला अभिव्यक्ति प्रतिकृया दिनका लागि समेत लायक नभएको भन्दै निधिले भ्रम नछर्न आग्रह गरे्।

चितवनमा शुक्रबार भएको एक कार्यक्रममा बोल्दै निधिले बिगतमा जनमत संग्रहका बेला बहुदल छाडेर निर्दलमा लागेका कम्युनिष्टहरुले काँग्रेसमाथी आरोप लगाउन नसुहाउने बताए। बिहिवार आयोजित एक कार्यक्रममा प्रधानन्त्री ओलीले काँग्रेसलाई राजतन्त्र स्वीकार्य भएको तर परिवर्तनकारी शक्ति स्विकार्य नभएको आरोप लगाउँदै दया–मायाँ लाग्ने गरेको बताएका थिए।

नेपालमा कम्युष्टि विचारधाराको अन्त्य भइसकेको दाबी गर्दै निधिले संविधानले समेत कम्युनिष्टहरुलाई नचिन्ने बताए। अब मुलुकमा कम्युनिष्ट शासन, राजाको शासन र हिन्दु राज्य संभव नरहेको उपसभापति निधिले स्पष्ट पारे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्