कञ्चनपुर,१५ चैत्र। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन।
कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा अछामबाट दुई जनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ। तर कसलाई पक्राउ गरेको हो र ती व्यक्ति को हुन भन्नेबारे प्रहरीले केही खुलाएको छैन।
पक्राउ गरे लगत्तै उनीहरुसँग ब्युरोले बयानसमेत लिइसकेको छ। बयानकै क्रममा शंका उब्जिएपछि उनीहरुलाई डीएनए जाँचका लागि र अन्य थप अनुसन्धानका लागि भन्दै राजधानी ल्याउन लागिएको हो। राजधानी दैनिकमा खबर छ ।



लाेकपाटी न्यूज

