बालकृष्ण ढुंगेललाई मुद्धा हाल्ने सावित्रीकाे भ्रष्टाचार काण्ड

Money
लाेकपाटी न्यूज

काठमाडौँ। ओखलढुंगाका भूवन भनिने उज्जन कुमार श्रेष्ठको हत्या अभियोग लगाउँदै पूर्वसांसद तथा ओखलढुङ्गाका नेता बालकृष्ण ढुङ्गेलले जेल जीवन बिताइसकेका छन्। बालकृष्ण ढुङ्गेललाई जेल हाल्नुपर्छ भन्ने प्रमुख व्यक्ति हुन्, उज्जन कुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठ।

मृतक भनिएका उज्जनकुमार श्रेष्ठको शव अहिलेसम्म पाउन सकिएको छैन। उनको पोस्टमार्टम रिपोर्टसमेत बनेको छैन। तर, हत्या नै पुष्टि नभएको मुद्दामा ढुङ्गेल जेलजीवन बिताएर आइसकेका छन्। उनै ढुङ्गेललाई जेल सजाय हुनुपर्छ भन्ने सावित्री श्रेष्ठ एउटा ‘ठूलो रकम हिनामिना’ केसमा मुछिएकी छिन्।

काण्ड हो– मलेसियामा मुख्यालय रहेको एयर एसियाले त्रिभूवन विमानस्थललाई बुझाउनुपर्ने २० करोड रुपैयाँ नबुझाई फरार भएको मुद्दा। विमानस्थललाई मात्रै होइन, राज्यका विभिन्न निकायमा ५० करोडभन्दा बढी रकम नबुझाई एयर एसियालाई नेपालबाट भगाउने प्रमुख पात्र हुन् सावित्री नै कार्यकारी निर्देशक रहेको इन्सेन्टिभ टुर्स एण्ड ट्राभल्सका अध्यक्ष हरिमान लामा।

यो कम्पनिले नै त्रिभूवन विमानस्थललाई मात्रै २० करोड रुपैयाँ बुझाउनुपर्ने छ। विशेष स्रोतका अनुसार इन्सेन्टिभ ग्रुप अफ कम्पनिजले एयर एसियाबाट विमानस्थललाई भुक्तानी गर्नुपर्ने रकम लिएर जग्गामा लगानी गरेको छ। इन्सेन्टिभ ग्रफ अफ कम्पनिजको प्रमुख सञ्चालक मध्येकी हुन्, सावित्री श्रेष्ठ।

उनका पति गणेशमान लामा र लामाका दाई हरिमान लामाको सेटिङमा विमानस्थलमै पौने ८ करोडको चेक नै गायव भएको थियो। इन्सेन्टिभ ग्रुप अफ कम्पनिजमा सावित्री श्रेष्ठ कार्यकारी निर्देशक छिन्। मुलुकको परिवर्तनका लागि आन्दोलन गर्ने बालकृष्ण ढुङ्गेललाई युद्ध अपराधमा जेल हाल्ने षडयन्त्रको प्रमुख पात्र रहेकी सावित्री श्रेष्ठलाई विभिन्न विदेशी शक्ति केन्द्रले समेत लगानी गरेको यसअघि नै बताइएको थियो।

स्रोतका अनुसार सावित्रीले विदेशबाट आएको ‘फण्ड’ जग्गा र इन्सेन्टिभ टुर्समा लगानी गरेकी थिइन्। गत असारमा कर्जा सुचना केन्द्रले कालो सूचिमा समेत राखेको थियो। बैंकबाट लिएको ऋण नतिर्ने, विमानस्थललाई बुझाउनुपर्ने करोडौँ रकम नबुझाई हिँड्ने तर आफू भने महँगा गाडीमा हिँड्ने गरेको यो परिवारलाई अहिलेसम्म राज्यले भने कारबाही गर्न सकेको छैन।

गत असार २५ गते इन्सेन्टिभ समुहका अध्यक्ष हरिमान लामालाई कर्जा सुचना केन्द्रले कालोसूची नम्बर १०१०५ मा मंसिर ३ गते कालोसूचिमा राखेको थियो। अध्यक्ष लामासहित त्यसबेला सावित्रीका पति गणेशमान लामा, सावित्री श्रेष्ठ र मञ्जु तामाङ लामासमेत कालोसूचिमा परेका थिए।

कर्जा सूचना केन्द्रको कालो सूचिमा रहेका सावित्रीको परिवारले दुई वटा छुट्टाछुट्टै गाडी किनेको समेत सार्वजनिक भएको थियो। दुई वटा क्रेटा कारमा सावित्रीका दम्पत्ति र हरिमानका दम्पत्तिलाई काठमाडौं सहरमा कुनै निकायले कारबाही गरेको छैन।

के हो सावित्री संलग्न कम्पनि ?

मलेसियाको एयर एसिया एक्सको जेनरल सेल्स एजेन्ट जिएसए लिने नेपाली एजेन्ट हो इन्सेन्टिभ टुुर्स एण्ड ट्राभल्स। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटन बोर्ड दुवै गरी ३० करोड रुपैयाँ तिर्न अटेरी गरेपछि एयर एसियाको उडान गत असोजदेखि बन्द भएको थियो।

उक्त एयरलाइन्सले २० करोड हाराहारी करोड रुपैयाँ हाराहारी बक्यौता त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई र पर्यटन बोर्डलाई पनि ७ करोड २३ लाख रुपैयाँ तिर्नुपर्ने रहेको बताइन्छ। बक्यौता रकम धेरै भएपनि नतिरेका कम्पनिका अध्यक्ष हरिमान लामा र विमानस्थल कर्मचारीको मिलेमतोमा गत मंसिरमा विमानस्थल कार्यालयबाट १० वटा चेक गायब पारिएको थियो।

इन्सेन्टिभ्स टुर्स प्रालिले बुझाएको भनिएको ७ करोड १४ लाख रुपैयाँको चेक गायव पारिएको थियो। स्रोतका अनुसार त्यतिबेला विमानस्थल कर्मचारी र हरिमान लामाको मिलेमतो थियो। उक्त रकम एयर एसियाले त्रिभुवन विमानस्थल प्रयोग गरेबापत कार्यालयलाई बुझाएको सेवाशुल्क रकम थियो।

तर, चेकमा भएको रकम लामा समुहले पहिले नै निकालेको स्रोतको दावी छ। चेक बाउन्समा पर्ने डरले चेक गायब पारिएको थियो। एयर एसिया एक्सले एयरबसको वाइडबडी विमानबाट सातामा चार उडान भर्दै आएको थियो।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा धेरै तिर्न बाँकी विदेशी एयरलाइन्समा एयर एसिया एक्स नै हो। उक्त एयरलाइन्सले सातामा चार दिन क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर सीधा उडान भर्दै आएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्